आज देखी दाङको लमहीमा फोटो प्रदर्षनी शुरु हुँदै
दाङ ९ अश्विन । देउखुरी उपत्यकामा रहेका धार्मीक संस्कृतीक ऐतीहासीक प्राकृतीक पुरातात्विक एवं पर्यटकीय स्थलहरुको फोटो प्रदर्षनी आज देखी लमही दाङमा शुरु हुँदै छ । च्यानल देउखुरीको सभाहलमा हुने प्रदर्षनीमा ४० वटा त्यस्ता फोटो राखीने भएको छ । देउखुरी संम्पदा अध्यन केन्द्रले राखेको फोटो प्रदर्षनी ३ दिन सम्म चल्ने आयोजकले जनाएको छ । बिबिध कारणले ओझेलमा परेका संम्पदाहरुको प्रचार प्रशार गरी पर्यटकीय बिकासमा टेवा पुर् याउने उदेस्यले फोटो प्रदर्षनी राखीएको आयोजकले बताएका छन ।
"जलबायु परिवर्तन र यसको असर" विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रोल्पा ९
अश्विन । विरेन्द्र माध्यमिक विद्यालय
गैरीगाउँमा गठन भएको इको क्लवको आयोजनामा आज गाङमा जलबायु परिवर्तन र यसको असर विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिविको पार्जनको लागि वन कार्यक्रमको
जलवायु अनुकुलन कोष
अन्तगत रुडास नेपाल
मार्फत क्लव गठन
भएको हो ।
प्रतियोगितामा ओम प्रकाश बुढा प्रथम राज कुमार बुढा द्वितीय विवेक केसी
तृतीय र शुलिला
बुढा सान्त्वना हुनुभएको छ । विद्यालयका प्रधानाध्यापक बल
बहादुर घर्तिबाट विजयीहरुलाई पुरस्कृत गरिएको
थियो । प्रतियोगितामा विजयहरुलाई पुरस्कारको व्यवस्था जयवायु
परिवर्तन अनुकुलन कोष मार्फत रुडास नेपालले गरेको थियो
। क्लवका अध्यक्ष
नविना घर्तिको सभापतित्वमा सम्पन्न प्रतियोगिताको सन्च्ाालन सचिव
हिमाल केसीले गर्नुभएको थियो । विद्यालयका शिक्षक शिक्षिकाहरुको विषेश उपस्थितिमा
प्रतियोगिता सम्पन्न भएको हो ।
मध्य र सुदुर पश्चिमका जिल्लाहरुमा यातायातका साधन ठप्प
नारायण खड्का, दाङ ९ अश्विन । मध्य र सुदुर पश्चिमका यातायात
मजदुर संगठनहरुले गरेको चक्काजामका कारण आज बिहानै बाट दाङ सहितका जिल्लाहरुमा यातायातका साधन ठप्प छन । यातायातका साधन संचालनमा नआउँदा सँधै ब्यस्त रहने पुर्ब पस्चिम राजमार्ग र दाङका अन्य सडक खण्ड
सुनसान बनेका छन । यातायातका साधन ठप्प हुँदा यात्रु गनतब्यमा जान पाएका छैनन । सुर्खेतमा वस चालक वकील बुढाथोकीलाई कुटपिट पछि जीउदै भेरी नदिमा फालि हत्या गरेको बिरोधमा उनिहरुले आज र भोली दुई दिने
चक्काजामको आह्वान गरेका हुन । तर उनिहरुले निजी मोटर साइकल भने निर्बाध रुपमा संचालनमा आउन दिने बताएका छन । भदौ २७ गते सुर्खेतको राकम गाउँ विकास समितिमा ना ३ ख ६६५१ नम्बरका बसले
किचेर ३ वर्षिया इन्दिरा विसीको ज्यान गएपछि चालक ओकिल बुढाथोकिलाई स्थानियबासीले नदिमा बगाई हत्या गर्दा सम्म पनि परिवारजनलाई उचित क्षती पुर्ती र दोषिलाई कारार्बाही नगरेको भन्दै यातायात मजदुरहरुले
आज र भोली मध्य तथा सुदुर पस्चिममा चक्काजामको घोषणा गरेका छन । मजदुर संगठनले चालक बुढाथोकीलाइ सहिद घोषना र उनका बालबालीकालाइ उच्च शिक्षा पढ्नकालागी ज्ञारेन्टि हुनुपर्ने माग पनी गरेका छन
।
अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य ईश्वरी प्रसाद पाण्डेनेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य खगेन्द्र बहादुर वली र राप्ती अाचल सवारी मजदुर समितीका कार्यालय सचिब शेर सिह डाङ्गीेले संयुक्त बिज्ञप्ती जारि गरि दुई दिने चक्का जाम सफल पारि सहयोग गरि दिन सबैलाई आग्रह गर्नु भएको छ ।
हाइखोला लघु जलविद्युत परियोजनाको जग्गा पास यसै महिना
रोल्पा ९ अश्विन । कुरेलीमा निर्माण हुन लागेको हाइखोला लघु जलविद्युत परियोजनाको जग्गा पास यसै महिनाभित्र गरिने भएको छ । सो लघु जलविद्युत परियोजना सन्चालनका लागि पहिलो कार्यसमितिको आज बसेको बैठकले जग्गा धनीबाट परियोजनाका लागि यसै महिनाभित्र पास गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष बम बहादुर पुनको अध्यक्षतामा बसेको बैठकले कार्य समूहको विधान समेत पारित गरेको छ । जिल्ला विकास समिति रोल्पा र जिल्ला उर्जा तथा बातारण शाखाको प्राविधिक सहयोगमा विकास सरोकार समाज डिकोस रोल्पाको समुदाय परिचालनमा सन्चालित ग्रामीण उर्जा विकास कार्यक्रम अन्तरगत कुरेली ३ हामइखोलबाट २५ किलोवाटको विद्युत निकालिने भएको छ । बैठकमा ग्रामीणउर्जा विकास कार्यक्रमकी समुदाय परिचालिकका लक्ष्मी नेपाली र उच्च पहाडि गरिवी निवारणका कुरेली गाविस सामाजिक परिचालक मदन कुमार रोकाले सहजिकरण गर्नुभएको थियो । बैठकमा कुरेली ३ ५ ६ ७ र ८का कार्यसमिति सदस्य लगायत २५ जना सहभागि रहेको कुरेलीबाट पहलमान डाँगीले जनाएका छन् । बैठकमा मदन कुमार रोकाले हाइम खोला लघु जलविद्युत कार्य समूहको विधान प्रस्तुत गर्नुभएको थियो ।
प्रावि स्तरीय हिज्जे प्रतियोगिता र मावि स्तरीय वतृत्वकला प्रतियोगिता सम्
रोल्पा ९ अश्विन । पाखापानीको मावि सिमखोलामा आज प्रावि स्तरीय हिज्जे प्रतियोगिता र मावि स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय व्यस्थापन समितिका सदस्य टोपबहादुर डाँगीको प्रमुख आतित्थ्यता र विद्यालयका प्रधानाध्यापक रेशममनी डाँगीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । प्रावि स्तरीय हिज्जे प्रतियोगितामा भानु सदन प्रथम सिता सदन द्वितीय बुद्ध सदन तृतीय र जनक सदन सान्त्वना भएका छन् । त्यस्तै जनसंख्या व्यवस्थापन आजको आवश्यकता विषयक मावि स्तरीय वतृत्वकला अशेाक वली प्रथम संगीता वली द्वितीय विमला वली तृतीय र राजेन्द्र केसी सान्त्वना हुनुभएको छ । विद्यालयका शिक्षक भरत चन्द र कमल प्रकाश हमाले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सन्चालन दुर्गा प्रसाद वलीले गर्नुभएको थियो ।
महायज्ञमा २१ लाख बढि संकलन
सल्यान ८ अश्विन । सल्यानको खलंगामा नमुना सामुदायिक अस्पताल स्थापनाको लागि साचालित श्रीमदभागवत बृहत ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । सो महाएज्ञमा २१ लाख बढि रुपैँया संकलन भएको छ । सामुदायिक सेवा केन्द्र सल्यानले जिल्लाको सदरमुकाम खलंगामा नमुना सामुदायिक अस्पताल साचालनमा ल्याउन भदौ ३१ गतेदेखि ७ गते सम्म महायज्ञ साचालन गरेको थियो । आर्चाय पण्डीत वालकृष्ण अर्यालको सहभागिता रहेकॊ महायज्ञमा २१ लाख ६ हजार ६ सय २८ रुपैया संकलन भएको केन्द्रले जनाएको छ । एक हजार २८ जनाले दान गरेको महायज्ञमा २९ जनाले तुलादान ८ जनाले जग्गा दान र २ जनाले सुन दान गरेका थिए । सल्यान जिल्लामा अहिले सम्म पनि स्वास्थ्य सम्वन्धि सामान्य समस्याका कारण पनि विरामीहरु जिल्लावाहिर जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने तितो यथार्थ रहेकोले जिल्लामा नमुना अस्पताल संचालन गर्न महायज्ञ संचालन गरिएको सेवा केन्द्रले जनाएको छ ।
नेपाल सरकारद्वारा गैरन्यायीक हत्या : राष्ट्रसंघ
दाङ ८ अश्विन । गैरन्यायीक हत्या सम्बन्धमा सम्बोधन गर्न नेपाल सरकार असफल भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । नेपालस्थित मानवअधिकार उच्चायुक्तको कार्यालय (ओ एच सी एच आर) ले सन् २००८ जनवरीदेखि सन् २०१० सम्म भएका ‘गैरन्यायीक हत्याका आरोपहरु’ शीर्षकको प्रतिवेदन सार्बजनिक गर्दै यस्तो ठहर गरेको हो । गैरन्यायीक हत्या र मानवअधिकार उल्लंघनलगायतका घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार असफल भएको प्रतिवेदनको निष्कर्ष छ ।
ओ एच सी एच आरले दुई वर्षको अवधिमा तराईमा भएका गैरन्यायीक हत्यामा सुरक्षा फौजले अत्यधिक बल प्रयोग गरेको जनाएको छ । सो अवधिमा सुरक्षाफौजले तराईका विभिन्न जिल्लामा ५७ जनाको हत्या गरेको प्रतिवेदनमा जनाइएको छ । यस्तै अधिकांश घटनामा पूर्ण तथा निष्पक्ष अनुसन्धान वा फौजदारी कारबाही नगरिएको जनाउँदै ओ एच सी एच आर ले अन्तरिम संविधान र मानवअधिकारको अन्तराष्ट्रिय मान्यता अनुसरण गर्न नेपाल सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा सुरक्षाफौजको संलग्नता रहेको घटनामा निष्पक्ष छानबिनका लागि प्रहरी उजुरी आयोग वा सोही प्रकृतिको स्वतन्त्र संयन्त्र गठन गर्न सरकारलाई आग्रह गरिएको छ ।
कृषि बिकास बैङ्कका कर्मचारी माथि छुरी प्रहार
दाङ ८ अश्विन । कृषि बिकास बैंक सुपरीबेक्षण तथा निरीक्षण कार्यालय घोराहीका शाखा अधिकृत सहित दुईजना कर्मचारीमाथि शुक्रबार दिउंसो कार्यालयभित्रै छुरी प्रहार भएको छ । शाखा अधिकत जयबहादुर क्षेत्री र कार्यालय सहायक अर्जुन बुढाथोकीलाई कार्यालयका भूतपूर्व सुरक्षा गार्ड लालबहादुर कैलाले कार्यकक्षमै गएर छुरा प्रहार गरेका हुन् । क्षेत्रीको कञ्चट र बुढाथोकीको गालामा गहिरो चोट लागेको छ । कैलाले दुई जनालाई छुरा हानेपछि आफूमाथि पनि छुरा प्रहार गरेका छन् । अहिले तीनै जनाको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भैरहेको छ । बैंकमा अराजक गतिबिधि गरेको भन्दै कैला डेढ बर्षअघि कार्वाहीमा परेका थिए । घोराही १० ढोडेनी निवासी ५३ वर्षीय कैलाले अहिले फेरी जागिर चाहियो भन्दै कर्मचारीमाथि आक्रमण गरेको बैंकले जनाएको छ । कार्यालय समयभित्रै बैंकमा छुरा प्रहार भएपछि अहिले कार्यालयका सम्पूर्ण कर्मचारी आतंकित भएका छन् ।
राप्ती नदि पीडित ३० घरपरिवारले नेपाल छोडे
रोल्पा जलजला सेवा समाज दोहाको दोस्रो साधारण सभा सम्पन्न
दोहा कतारमा जलजला सेवा समाजको दोश्रो साधारण सभाका सहभागीहरु ।
रामकुमार बुढामगर काठमाडौं ६ आश्विन । "सम्पूर्ण
रोल्पालीको एकता,
आजको आबश्यकता"
भन्ने मूल नाराका साथ रोल्पा जलजला सेवा समाज दोहा कतारले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दोहा कतारको सनैयास्थित न्यू माउन्टेन रेष्टुरेण्टमा खडक घर्ति मगरको अध्यक्षतामा सम्पन्न सो दोस्रो वार्षिक साधारण सभाका प्रमुख अतिथि एनआरएनएआइसीसी का उपाध्यक्ष सागर नेपाल रहनु भएको थियो । विशेष अतिथिहरुमा उपाध्यक्ष सागर नेपालका धर्मपत्नी नानु नेपाल प्यूठान सेवा समाजका हिमाल विक्रम िसंह रहनुभएको थियो । सो कार्यक्रममा धनकुटा सेवा समाज उदयपुर सेवा समाज र वाग्लुङ सेवा समाजका पदाधिकारीहरु र कतारमा रहेका अन्य रोल्पालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सो साधारण सभाले शिवराम के.सी.को
अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा शेर बहादुर बुढामगर सचिवमा एकराज सुवेदी कोषाध्यक्षमा नारायण पोख्रेल सह-कोषाध्यक्षमा
दिल बहादुर रोकामगर रहनुभएको छ भने सदस्यहरुमा राम बहादुर घर्तिमगर,
कृष्ण बहादुर बुढामगर,
धमन वि.क.,
फाल्गुने पुनमगर,
भेजमान डाँगी,
नरेन्द्र बुढाथोकी,
धन बहादुर बुढामगर,
कर्णबहादुर बुढामगर,
बाला नेपाली,
कृष्ण बहादुर बुढामगर,
कर्ण बहादुर बुढामगर,
किरण गिरी,
धर्म घर्तिमगर,
याम बहादुर घर्तिमगर,
भुवन घर्तिमगर,
हिम बहादुर घर्तिमगर,
विर बहादुर बुढामगर,
मान बहादुर विष्ट,
मनराज परियार,
अनिल बुढामगर,
लिलबहादुर पुनमगर,
महेन्द्र कुमार विष्ट,
विष्णु विष्ट र केशव पुनमगर रहनुभएको छ । त्यस्तै सो साधारण सभाले खडक घर्तिमगर दिलबहादुर सार्की दुर्गा पुनमगर सूर्य वि।s।
चेतमान रोकामगर र भिम जि।सी।लाई सल्लाहकार समितिमा राखेको छ । २०६५ सालमा स्थापना भएको सो समाजले कतारमा रहेका नेपालीहरुलाई विभिन्न आपतविपत्मा पर्दा सहयोग गर्ने मजदुर हकहितका लागि आफ्ना आवाज सम्वन्धित पक्षसंग पुर् याउने साथै स्वदेशमै पनि दैवि प्रकोप तथा अन्य आपत्विपत्मा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने उद्देश्य रहेको र सो कार्य गर्दै आएको पनि निवर्तनमान सचिव एकराज सुवेदीले राप्तीखवरलाई जानकारी दिनुभयो । कार्यक्रमको साचालन एकराज सुवेदीले गर्नुभएको थियो । स्मंरण रहोस् यसअघि रोल्पा जिल्लाको गैरीगाउँमा भएको आगलागीबाट पिडित स्थानीय वासिन्दालाई सो समाजले आर्थिक सहयोग गरेको थियो ।
सल्यानमा पहिलो पटक दुईवटा लाइयन्स क्लवको उद्घाटन
काठमाडौं ३१ भाद्र । सल्यानमा पहिलो पटक दुईवटा लाइयन्स क्लवको उद्घाटन भएको छ । सल्यानको श्रीनगरमा २०-२० सदस्यीय लाईन्सक्लव अफ श्रीनगर र दमाचौरको आज उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्य तथा विशिष्ट अतिथि लाईन्स क्लवका डिष्ट्रिक डाईरेक्टर गभर्नर राजन लम्सालले क्लवको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि लम्सालले क्लब सामाजिक कार्यमा निस्वार्थ अग्रसर हुने भएकोले सबैको सहयोगको आबश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नाराण प्रशाद आचार्य ले क्लब लाई प्रगतिको शुभकामना दिदै आफ्नो ठाँउ बाट आबश्यक पर्ने सहयोग दिन आफु तत्पर रहेको बताउनु भयो । कार्यक्रममा प्रहरि नायब उपरिक्षक राजेन्द्र भट्ट राजकुमार श्रेष्ठ महेन्द्रनाथ श्रेष्ठ क्लबका पूर्व अध्यक्ष विनोद कुमार श्रेष्ठ स्वगद्धारी क्लबका अध्यक्ष धुब गौतम दमाचौर क्लबका अध्यक्ष कृष्ण बहादुर बस्नेत श्रीनगर क्लबका अध्यक्ष डम्बर वली लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कक्षा १२ को परीक्षाफल प्रकाशित
काठमाडौं ३१ भाद्र । उच्च माध्यमिक शिक्षा परिषद् अन्तर्गत मानविकी व्यवस्थापन र शिक्षा शास्त्र संकायको कक्षा १२ को परीक्षाफल आज प्रकाशित भएको छ । परिषद्को परीक्षाफल परिषद्को वेभसाइट तथा धधध।भमगअबतष्यलकबलकबच।अयु मा पनि हेर्न सकिने परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले जानकारी दिनुभयो । ती वेभसाइटहरुमा केहीबेरमा परीक्षाफल हेर्न सकिने पनि परिषद्ले जनाएको छ । विज्ञान संकायको परीक्षाफल भने यसअघि नै प्रकाशित भइसकेको छ ।
दाङको गोग्लि-भैसकुर्मा सडक खण्ड अबरुद्द
आदिम के.सी. (दाङ ३१ भाद्र) । लक्ष्मीपुर गाबिसको गोग्ली भैसकुर्मा सडक खण्ड बिग्रीएपछि सवारी साधनहरुलाई आवात जावात गर्न गाह्रो भएको छ । पानीले सडकमा खाल्डा र चिप्लो वनाएको र त्यसको मर्मत सम्हारको अभावका कारण सवारी साधनहरुलाई आवात जावात गर्न गाह्रो भएको हो । सडक विग्रीएकाले हिजो त्यस सडक खण्डमा रा १ ख ३१४ नम्वरको वस दुर्घटना समेत भएको छ । दुर्घटनावाट मानविय क्षति नभए पनि गाडीको झ्यालको सिसा फुटेका छन् । त्यस सडक खण्डको मर्मतका लागी सरोकारवालाले ध्यान दिनुपर्ने स्थानियवासीहरुले गुणासो गरेको तिलक पुनले जानकारी दिनुभएको छ ।
माओबादी बर्षाको भेल- ज्वाला
आदिम के.सी. (दाङ ३१ भाद्र) । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य प्रकाश ज्वालाले एकिकृत नेकपा माओबादिलाई संबिधान निर्माण तथा शान्ति प्रकि्रयालाई टुङगोमा पुर्याउन तर्फ गम्भिर भएर लाग्न आग्रह गर्नु भएको छ । नेकपा एमाले दाङले आज घेाराहिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले संबिधान निर्माण तथा शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर्याउन दलहरु जिम्मेबारी ढङगले लाग्नुको बिकल्प नरहेको बताउनु भएको छ । संबिधान निर्माण तथा शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर्याउने दलहरुको मुख्य जिम्मेबारी भएको भन्दै पोलिट ब्युरो सदस्य ज्वालाले माओबादि लाई शान्ति प्रकि्रया तथा संबिधान निर्माण तर्फ एकाग्र भएर लाग्न आग्रह गर्नु भयो । माओबादिलाई बर्खाको भेल भन्दै उहाले माओबादिलाई आफनो सिद्धान्त बाट बिचलन नहुन समेत आग्रह गर्नु भयो । ज्वालाले नेकपा एमाले अहिले प्रधान मन्त्रि निर्बाचनको बाधक नभएको भन्दैे प्रधान मन्त्रिका उम्मेद्धार नेपालि काङगे्रसका राम चन्द्र पौडेल र एकिकृत नेकपा मााओबादिका अध्यक्ष पुष्पकमल दाहाल दुबैले प्र्धानमन्त्रिको उम्मेद्धारी र्फिता लिई राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अगाडि बढ्नु पर्ने बताउनु भयो ।
एकिकृत नेकपा माओवादिबाट एमालेमा प्रबेश गर्नेहरुलाई स्वागत गर्न आयोजीत पत्रकार सम्मेलनमा एकिकृत माओवादि निकट अखिल नेपाल सुकुम्बासी संघ दाङका अध्यक्ष एवं माओवादि जिल्ला सचिवालय सदस्य गोबिन्द सेर्पाईली सहितका करिब ५० जना एमालेमा प्रबेश गरेको जानकारि दिइएको थियो । एमाले दाङका अध्यक्ष लक्षमण आचार्यको अध्यक्षता एवं पोलिट ब्यूरो सदस्य प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
अज्ञात रोगका कारण दुई भैँसीको मृत्यु
वीरवहादुर मल्ल (रुकुम ३१ भदौ) । रुकुमका केही गाविसहरुमा केही समय देखि यता गाई तथा भैँसीहरु अज्ञात रोग देखा परेको छ । करीब एक साता अघि देखि रुकुमको घेत्मा गाविसमा पालेका भैसीहरुका अज्ञात रोग देखा परेको छ । रोगका कारण बुधवार वडा नं। ८ नरबहादुर मल्लका २ ओटा भैसी मरीसकेका छन् अन्य वडाहरुमा पनि थुप्रै भैसीहरु अज्ञात रोगबाट प्रभावित भएका छन् । सुरु सुरुमा भैसीहरुले मुखवाट र् याल काढ्ने घाँस पात नखाने तथा दिसा पिसाव नगर्ने जस्ता लक्षण देखा परेका छन् । अहिलेसम्म कहिकतैवाट रोग नियन्त्रणमा सम्वन्धित निकायले चासो नदिएको स्थानियवासी खडक विकले जानकारी दिनुभयो ।
तीजकै दिन भाइद्वारा दिदीको हत्या
दाङ २६ भदौ । सबै हिन्दू धर्मावलम्बी दाजुभाई आफ्ना दिदीबहिनीलाई माइती बोलाएर तीजको दर खुवाइरहेका थिए । तर, दाङको तुल्सीपुरमा भाइले दिदीको हत्या गरेका छन् । तुल्सीपुरको डाडाखुटी शिवपुर टोल निवासी ४५ वर्षीय चिरबिर सुनारले आफ्नै दिदी सुमित्रा बिकको घाँटी थिचेर हत्या गरेका हुन् । अत्यधिक मदिरा सेवन गरेर सुनारले गएराती माइत आएकी दिदी विकको घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ। हत्याका आरोपी सुनारलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
फेसबुकमा ६ लाख नेपाली
सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा आवद्ध हुने नेपाली झण्डै ६ लाख पुगेका छन्। फेसबुकका प्रयोगकर्ता गणना गर्ने साइट फेसबेकर्सका अनुसार, आइतबारसम्म नेपाली प्रयोगकर्ता ५ लाख ८७ हजार पुगेका छन्। यो मध्य पुरुष तीनलाख ९९ हजार नौसय र महिला एकलाख ८० हजार सातसय ४० छन्। इन्टरनेटको पहुँच भएका ९० प्रतिशतभन्दा बढी नेपाली फेसबुकमा छन्। सबैभन्दा बढी ४६ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहका छन्। २५ देखि ३४ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता नेपाली २७ प्रतिशत छन्। फेसबुक प्रयोगकर्ता नेपालीमध्य ३५ देखि ४४ वर्ष समूहका ७ प्रतिशत छन् भने १६ देखि १७ वर्ष समूहका नौ प्रतिशत छन्। ६५ वर्षभन्दा माथि उमेर भएका फेसबुक प्रयोग गर्ने नेपाली एक प्रतिशत छन्। 'फेसबुकको जुन खालले प्रयोगकर्ता बढी रहेका छन्, त्यसले गर्दा साइबर सुरक्षामा निकै ठूलो चुनौति थपिएका छन्,'-प्रमाणिकरण नियन्त्रक राजनराज पन्तले भने। फेसबुक जस्ता सामाजिक सञ्जालबाट सम्बन्ध बढाएर चाँडै विश्वासमा पारेर ह्याकिङ गर्ने समस्या बढ्दै गएको छ । प्रमाणिकरण नियन्त्रक कार्यालयले आयोजना गरेको मासिक 'मिडिया टेक' कार्यक्रममा पन्तले जोकसैलाई छिट्टै विश्वास गरेर इमेल, डेबिट र क्रेडिट कार्डको बारेमा जानकारी अरुलाई नदिन सुझाव दिए। फेसबुक, ट्विटर, हाइफाइभ जस्ता साइटबाट मित्रता गाँसेर चाँडै विश्वासमा लिन प्रयास हुन्छ। त्यसपछि विभिन्न सूचना मागेर इमेल, क्रेडिट कार्ड, एटिएम कार्ड ह्याकिङ गर्ने प्रवृत्ति धेरै देशमा सुरु भएको छ। ' यस्ता प्रवृत्तिबाट अर्काको सूचना लिएर दुःख दिन सजिलो भएको छ,' पन्तले भने । यस्तो ह्याकिङबाट जोगिन अरु मानिसको छिट्टै विश्वासमा परेर सूचनाहरु नदिने, पासवर्डहरु हरेक ६/६ महिनामा फेरिरहनुपर्ने सुझाव सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञहरुको छ।
१ सय ४५ औं मोती जयन्तीको अवसरमा रोल्पामा २ जना साहित्यकार सम्मानित
रोल्पामा जनजाति पत्रकारको जिल्ला शाखा गठन
रोल्पा, ६ भदौ : रोल्पा जिल्लामा क्रियाशील आदिवासी जनजाति पत्रकारहरूको भेलाले 'नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (अनिज) रोल्पा जिल्ला शाखा' गठन गरेको छ । आइतबार सदरमुकाम लिबाङमा भएको भेलाले मौसम रोका मगरको अध्यक्षतामा ९ सदस्यीय जिल्ला शाखा गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा हर्क र्घर्ती मगर, सचिवमा अमरजीत पुन मगर, सह-सचिवमा खेमराज थापा मगर र कोषाध्यक्षमा देवी गुरुङ र्सवसहमतिले चयन भएका छन् । मनिषा श्रेष्ठ, स्मृति रोका मगर, विनोद श्रेष्ठ र शान्ति रोका मगर समितिको सदस्यमा चुनिएका छन् । अनिजका केन्द्रीय सदस्य मनोज र्घर्ती मगर र नेपाल पत्रकार महासङ्घ रोल्पा शाखाका अध्यक्ष खेम बुढा मगरको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । भेलाले खेम बुढा मगर, गङ्गामुक्ति पुन मगर, हिराबहादुर र्घर्ती मगर र डिबी र्घर्ती मगरलाई शाखाको सल्लाहकारमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै अनिजका केन्द्रीय सदस्य र्घर्ती मगर र महासङ्घका शाखा अध्यक्ष बुढा मगरले समाचार सम्प्रेषण गर्दा आदिवासी जनजातिहरूको अधिकारलाई जोड दिन आग्रह गरेका थिए । यसैबीच नवनिर्वाचित कार्यसमितिका अध्यक्ष मौसम रोका मगरले वक्तव्य जारी गरी पत्रकारिता क्षेत्रमाआदिवासी जनजातिहरूको सक्रिय सहभागितालाई प्रभावकारी बनाउन अनिजको रोल्पा जिल्ला शाखाको महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
रोल्पाको ह्वामा गाविस ९ मा एक घर एक चर्पीको अभियान थालिने
खेमराज गाउँले रेडियो रोल्पा पुस २०
रोल्पाका ह्वामा गाविस वडा नं ६ लाटाबाङमा एक घर एक चर्पीको अभियान थालिने भएको छ । रुडास नेपालको सामाजिक परिचालनमा सन्चालन भइरहेको उपाप कार्यक्रमद्वारा गठित गाउँका २ वटा सामुदायिक संस्थाका आज बसेको आम भेलाले यस्तो निर्णय गरेको हो । गाउमा
गठन
भएका
लालि
गुरास
सामुदायिक
संस्था
समुहुकु
र
लाटाबाङ
सामुदायिक
संस्थाको
आम
भेला
आज
बसेको
हो
।
अभियान
सम्पन्न
गर्नको
लागि
कुनै
पिन
संघ
संस्थाको
सहयोग
रहेको
छैन
।
सामुदायिक
संस्थाको
पहलमा
कसैको
सहयोग
विना
नै
गाउँलेहरुले
आफ्नै
लगानीमा
अभियान
थाल्न
लागिएको
लाली
सामुदायिक
संस्थाुकुका
सुनसरा
बुढाले
बताउनुभयो
।
अभियान
यही
माघ
५
गतेदेखि
सन्चालन
गरिने
भएको
उपाप
कार्यक्रमका
कार्यक्रम
संयोजक
केशव
स्थापित
घर्तिमगरले
बताउनुभयो
।
जिल्ला
विकास
समिति
स्थानिय
विकास
कोषको
आर्थिक
सहयोगमा
सन्चालित
रुडास
नॆपालको
सामाजिक
परिचालनमा
सन्चालन
भइरहेको
उपाप
कार्यक्रमद्वारा
ती
सामुदायिक
संस्थाहरु
गठन
भएका
हुन
।
सडक साहित्य अभियानलाई निरन्तरता दिइने
खेमराज गाउँले रोल्पा पुस १५
ललित साहित्य परिषद् रोल्पाले रोल्पाको लिबाङमा गर्दै आएको सडक साहित्य अभियानलाई निरन्तरता दिने भएको छ । परिषदको बुधबार लिबाङमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सडक साहित्य अभियान जिल्लामा रहेको मध्यपश्चिमााचल गजल प्रतिष्ठान रोल्पा शाखा र राप्ती साहित्य परिषद जिल्ला संयोजन समिति रोल्पाको संयोजनमा गरिने भएको छ । सो सडक साहित्य अभियान हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिने भएको छ । केही महिनाअघिदेखि यो कार्यक्रम रोकिएको थियो । परिषदका अध्यक्ष कृष्ण डिसि निर्जनको अध्यक्षतामा बैठक बसेको हो । त्यस्तै बैठकमा यही माघेसक्रान्तिको अवसर पारेर परिषदले सन्चालन गर्न लागेको उपहार कार्यक्रमको बारेमा समेत छलफल भएको थियो ।
रोल्पाका महिलाहरुलाई लोकसेवा तयारी कक्षा
खेमराज गाउँले रोल्पा पुस १०
रोल्पामा पहिलोपटक लोक सेवा सम्बन्धि तयारी कक्षा शुक्रबारदेखि रोल्पाको लिबाङमा सुरु भएको छ । जिटिजेड आर इ आर इ को सहयोगमा र मानवअधिकार सचेतन केन्द्र हुरेक रोल्पाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सो तालिम १५ दिनसम्म चल्ने छ । तालिममा ८० जना महिलाहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । २ समुहमा तालिम दिइएको छ । उक्त तालिमपछि लोक सेवा आयोगको पहुचबाट निकै टाढा रहेका रोल्पाली महिलाहरुको पनि पहुच विस्तार हुने आयोजक सस्थाको अपेक्षा रहेको छ ।
शोक प्रस्ताव पारित गरी संसद सुचारु, बैठक भोलि पुनः बस्ने
रामकुमार बुढामगर
काठमाडौँ, पुस ८ । एकीकृत नेकपा (माओवादी) ले लामोसमयदेखि अवरुद्ध गर्दै आएको व्यवस्थापिका–संसदको बैठक आजदेखि सुचारु भएको छ । बुधबार विहान बसेको एमाओवादी संसदीय दलको बैठकले संसद सुचारु गर्नदिने जनाएपछि बसेको संसदको बैठकले नेपाली काँग्रेसका नेता दुर्गादत्त जोशीको शोक प्रस्ताव पारित गरी भोलिसम्मको लागि स्थगित गरेको छ । यसैगरी एमाओवादीले नागरिक सर्वोच्चता र प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिद्वारा चालिएको कदमको विरोध गर्दै संसद अवरोध गर्दै आएको थियो । विसं २०६६ साउन २३ गतेदेखि संसद अवरुद्ध हुँदै आएपनि सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०६६/६७को बजेट पारित गराउनका लागि एमाओवादीले मङ्िसर ३ गतेदेखि तीन दिनका लागि सञ्चालन गर्न दिएको थियो । नागरिक सर्वोच्चता र प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिद्वारा चालिएको कदमको विरोधमा माओवादीको धारणालाई संसदमा रेकर्ड गराउने अभिप्रायले नै संसद चल्न दिन लागेको माओवादी सूत्रबाट थाहा भएको छ ।
हडताल सकिएपछि जनजीवन सामान्य
माओवादी अध्यक्ष दाहालको सम्बोधन सुन्न नयाँ बानेश्वरमा भेला भएका माओवादी कार्यकर्ता र सर्वसाधारणहरु ।
माओवादीद्वारा देशभर मसाल जुलुस प्रदर्शन
४ पुस, काठमाण्डौ । आमहड्तालको पूर्वसन्ध्यामा एकीकृत नेकपा माओवादीले राजधानी लगायत देशभरको मुख्य शहरहरुमा शनिबार सांझ मसाल जुलुस प्रदर्शन गरेको छ । नागरिक सर्वोच्चताको माग राख्दै तेस्रो चरणको आन्दोलनमा रहेको माओवादीले भोलिदेखि ३ दिन सम्म गर्ने आमहडताललाई सफल पार्नका लागि देशभर मसाल जुलुस प्रदर्शन गरेको जनाएको छ ।माओवादीले राजधानीको रत्नपार्क लगायत देशका मुख्य शहरहरुमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, नागरिक सर्वोच्चता स्थापना हुनुपर्ने, आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने लगायतका माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आईरहेको छ ।
महासंघको मिसन टोली आज रुकुम
३० मंसिर, नेपालगंज । रुकुमकी पत्रकार टिका बिष्टमाथि भएको आक्रमणबारे स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली आज रुकुम पुगेको छ । महासंघका कोषाध्यक्ष रमेश बिष्टको संयोजकत्वमा रहेको मिसनमा केन्द्रीय सदस्य जनक नेपाल र दाङ अध्यक्ष प्रताप रेग्मी सदस्य छन् । मिसनले घाइते पत्रकार बिष्टका परिवार, स्थानीय सन्चारकर्मी, जिल्लास्थित राजनीतिक दलका नेताहरु, प्रहरी र प्रशासनका अधिकारीहरुलाई भेट्ने केन्द्रीय सदस्य जनक नेपालले बताउनुभयो । यसैबिच नेपाल पत्रकार महासंघको आब्हानमा घटनाको बिरोधमा आज देशभरका पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा काम गरिरहेका छन ।
आज देशभरका स्थानीय निकायका कार्यालयहरु वन्द
३० मंसिर, काठमाडौं । अस्थाईलाई स्वतः स्थायी गर्नुपर्ने लगायतका सात शुत्रिय माग राख्दै स्थानीय निकायका कर्मचारीहरुले आज देशभरका स्थानीय निकायका कार्यालयहरु वन्द गरेका छन्। वन्दका कारण कर्यलयको सम्पुर्ण कामकाज ठप्प हुदा सेवाग्राहीहरु मर्कामा परेका छन्। राजधानीका काठमाडौ महानगरपालिका,ललितपुर उप–महानगरपालिका र भक्तपुरको उप–महानगरपालिका लयायतका कार्यलयहरुमा विहानै देखि कर्मचारीहरुले धर्ना वसिरहेका छन्। उनीहरुले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन्। यसैविच उपत्यका वाहिरका स्थानीय निकायहरुमा पनि कामकाज ठप्प छन्। धादिङ, नुवाकोट , चितवन कास्की, वाके, वर्दिया, सुनसरी, मोरङ लगायतका स्थानीय निकायमा कर्मचारीहरुले धर्ना दिइरहेका छन्।
‘सरकार परिवर्तनको कुरा भएन’
८ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले
सिंगापुरमा स्वास्थ्योपचार गराएर आइतबार फर्किएलगत्तैदेखि
राजनीतिक भेटघाट थाल्नुभएको छ। प्रधानमन्त्री
माधवकुमार नेपालले कोइरालालाई आइतबार साँझ
उहाँकै निवासमा गएर
स्वास्थ्यस्थिति बुझनका लागि भेट्नुभएको थियो। सो
अवसरमा बजेट पारित
गराउने र उच्चस्तरीय राजनीतिक संयन्त्र
बनाउने विषयमा कुराकानी केन्द्रित भएको
भेटमा सँगै रहनुभएका कांग्रेस नेता
कृष्णप्रसाद सिटौलाले पत्रकारहरूलाई जानकारी दिनुभयो।
सभापति कोइरालाले प्रधानमन्त्री नेपाललाई माओवादी
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंगापुरमा सरकार परिवर्तनबारे कुरा
नभएको पनि जानकारी
गराउनुभएको थियो।
‘सभापति कोइरालाले राजनीतिक गतिरोध
अन्त्य गरी बजेट
पारित गर्न र
सहमतिको वातावरण बनाउन उच्चस्तरीय संयन्त्र
निर्माण गर्न मात्रै प्रचण्डलाई आग्रह
गरेको जानकारी गराउनुभयो’ -सिटौलाले भन्नुभयो। प्रधानमन्त्री नेपालले पनि राजनीतिक
गतिरोध अन्त्यका लागि संयन्त्र बनाउने
र बजेट पारित
गर्ने विषयमा सभापति कोइरालासँग छलफल
भएको बताउनुभयो। रगतमा अचानक अक्सिजन कम हुने तथा श्वासप्रश्वासमा
समस्या देखिएपछि कोइराला शहीद गंगालाल
हृदयरोग केन्द्रमा भर्ना हुनुभएकोमा उहाँलाई
पूर्णरूपमा सो केन्द्रमा उपचार हुन
नसकेपछि अघिल्लो शनिबार सिंगापुर लगिएको
थियो। सिंगापुरको ग्लेनेगल्स अस्पतालमा उपचार
गराई सभापति कोइराला स्वदेश फर्किनुभएको
हो। सभापति कोइरालाकी पुत्री एवम्
उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले ‘गिरिजाबाबू’ को स्वास्थ्य राम्रो रहेको जानकारी
दिनुभयो। ‘गिरिजाबाबू पहिलेजस्तै स्वस्थ हुनुहुन्छ’, उपप्रधानमन्त्री कोइरालाले स्वदेश फर्केपछि
अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग भन्नुभयो- ‘नियमित राजनीतिक भेटघाट
र पार्टीको नियमित
काममा अब लाग्नुहुनेछ।’ उपप्रधानमन्त्री कोइरालाका अनुसार सिंगापुरका
चिकित्सकले एक महिनापछि ‘फलो-अप चेक अप’ का लागि सभापति कोइरालालाई
सिंगापुर आउनुपर्ने बताएका छन्।
मध्याहन १२ बजे सिल्क एयर जेट विमानबाट अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएका कोइरालाले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन। कोइरालालाई सिंगापुर लैजाँदा भने विशेष एयर एम्बुलेन्स प्रयोग गरिएको थियो। विमानस्थलमा कोइरालालाई स्वागत गर्न कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, लक्ष्मण घिमिरे, बालकृष्ण खाँड, मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महतलगायतका सयौं नेता कार्यकर्ता पुगेका थिए। अन्य समयमा जस्तै उपप्रधानमन्त्री सुजातालाई स्वागत गर्न निकटका कार्यकर्ता चारवटा भाडाका गाडी लिएर विमानस्थल पुगेका थिए। कोइरालालाई स्वागत गर्ने क्रममा केहीबेर तनाव भएको थियो।
बजेट पारित गर्न सदनको बैठक बस्दै
८ मंसिर, काठमाडौं । चालू आर्थिक वर्षको विनियोजन विधेयकमाथि छलफल गर्न व्यवस्थापिका सदनको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेपछि संविधानसभा भबन नयाँबानेश्वरमा बस्नेछ । एकीकृत नेकपा माओवादीले बजेट पास गर्न आजदेखि लगातार तीन दिनसम्म सदनको अबरोध खोल्ने निर्णय गरेपछि बैठक बस्न लागेको हो । विनियोजन बिधेयक अन्तर्गत छलफल हुन बाँकी १६ मन्त्रालयका लागि विनियोजित रकमबारे आज छलफल हुनेछ । आज छलफल सकिएपछि भोली संवन्धित मन्त्रालयका मन्त्रीहरुले सभासदले उठाएका प्रश्नको जवाफ दिएपछि बजेट पारित गरिनेछ । सरकारद्वारा बर्खास्त तत्कालीन प्रधानसेनापतिलाई थमौति गर्ने राष्ट्रपतिको कदम असंवैधानिक भएकोले त्यसमाथि सदनमा छलफल गर्न माग गर्दै एकीकृत नेकपा माओवादीले गत साउन २३ गतदेखि लगातार सदन अबरुद्ध गर्दै आएको थियो । बजेट पारित नहुँदा आर्थिक संकट निम्तने भएकाले जिम्मेवार दलको हैसियतले माओवादीले बजेट पारित गर्न दिने निर्णय गरेको थियो ।
कोइराला स्वदेश फर्किँदै
७ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला सिङ्गापुरमा स्वास्थ्य उपचार गरेर आज स्वदेश फर्किँदै हुनुहुन्छ । उहाँ सिल्क एयरको विमानबाट विहान ११:४५ बजे काठमाडौं आइपुग्ने नेपाली काङ्ग्रेसले जनाएको छ । निमोनिया र रगतमा अक्सिजनको मात्रामा कमी भएपछि कोइरालालाई गत कात्तिक २८ गते विशेष हवाई एम्बुलेन्सबाट उपचारका लागि सिङ्गापुरको ग्लेनिगल्स अस्पताल लगिएको थियो ।
त्यसअघि उहाँको प्रारम्भिक उपचार काठमाडौंको सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा गरिएको थियो । कोइराला स्वदेश फर्केपछि राजनीतिक गतिरोधले निकास पाउने विश्वास गरिएको छ । कोइराला सिङ्गापुरबाट फर्केपछि एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको संयुक्त बैठक बस्ने बताइएको छ । कोइराला सिङ्गापुरमा उपचारकै क्रममा रहेका बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्नुभएको थियो ।
व्यवस्थापिका संसद आज चल्ने
७ मंसिर, काठमाडौं । माओवादी अबरोधका कारण लामो समयदेखि अबरुद्ध व्यवस्थापिका सदनको बैठक आजबाट सुचारु हुँदैछ । सिंहदरबारमा जारी माओवादी संविधानसभा दलको बैठकले आजैबाट सदनको गतिरोध अन्त्य गर्ने निर्णय गर्ने स्रोतले जनाएको छ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठकले बजेट पारित गर्नका लागि तीन दिनसम्म सदन चल्न दिने शनिवार निर्णय गरेको थियो ।
लामो समयदेखि अबरुद्ध व्यवस्थापिका सदनको बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ । कार्यसूची तय नभए पनि आजको बैठकमा विनियोजित बिधेयकमाथि छलफल हुने बताइएको छ । आजै बस्ने कार्यव्यवस्था समितिको बैठकले सदनमा छलफल हुने विषयबस्तुको कार्यसूची तय गर्नेछ । राष्ट्रपतिले सेनापति प्रकरणमा चालेको असंवैधानिक कदममाथि सदनमा छलफल गर्न माग गर्दै माओवादी सभासदहरुको अबरोधको कारण व्यवस्थापिका सदनको बैठक साउन २३ गते यता नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आर्थिक वर्ष २०६६/६७ को बजेट माओवादी अबरोधका कारण पारित हुन नसक्दा आर्थिक संकट निम्तिएको छ ।
राष्ट्रपतिको कदम संवैधानिक: कोइराला
चितवन, मंसिर ६ नेपाली कांग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले राष्ट्रपतिले प्रधानसेनापतिको विषयमा चालेको कदम संवैधानिक भएको दाबी गरेका छन्। चितवनको नारायणगढमा शनिबार नेपाली कांग्रेस भरतपुर नगरसमितिको नगरस्तरीय कार्यकर्ता भेला तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा वोल्दै उनले माओवादीले नै संविधान टेकेर काम गरेको आरोप लगाए। सोही कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकासमान सिंहले माओवादीको आन्दोलनवाट वर्तमान सरकार नढल्ने बताए। उनले माओवादीको आन्दोलनले सरकार हत्याउने दाउ मात्र भएको बताउदै उनले भने डरधम्कीले सरकार ढल्दैन। उनले माओवादीले नैतिकहीन कार्य अंगाल्दै आएकाको बताए। सहमतीमा आउन माओवादीका लागि सदैव ढोका खुल्ला रहेका उनले बताए।
लडाकु पुर्नस्थापन आजबाट सुरु
२५ असोज काठमाडौं । अनमिनले अयोग्य र उमेर नपुगेको भनी प्रमाणित गरेका माओवादी लडाकुहरुको पुर्नस्थापन आजबाट सुरु हुँदैछ । शान्ति तथा पूननिर्माण मन्त्री रकम चेम्जोड्डले सरकारले आज देखि पुनरस्र्थापना सुरु गर्ने जानकारी दिनुभएको हो । मन्त्री चेम्जोड्डले पुर्नस्थापना कार्यको प्रारम्भिक चरणको कामको रुपमा आज देखि सुरु हुने बताउनुभएको हो । यसकार्यका लागि आफुले नेपाल स्थित अनमिनका प्रमुख क्यारिन लेनग्रेन यूएनडीपीका प्रतिनिधि रोबर्ट पाइपर लगायतका पदाधिकारी आग्रह गरेको उहाँले जानकारी दिनुभयो । सरकारले अयोग्य र उमेर नपुगेको भनी अनमिनले प्रमाणित गरेका ४ हजार ८ जनालाई शिविरबाट बाहिर ल्याएर पुनस्र्थापना केन्द्रमा राखिने बताउँदै आएको छ ।
अयोग्य लडाकुलाई पुनस्थापना नगरे कडा आन्दोलन गर्ने अनन्तको चेतावनी
सुर्खेत, २२ असोज। एकीकृत नेकपा माओवादीका स्थायी सदस्य एवम् जनमुक्ति सेना नेपालका इन्चार्ज वर्षमान पुन अन्नतले युएनले अयोग्य ठहर गरेको चारहजार आठ जना अयोग्य लडाकुलाई सरकारले तिहारअगाडि पुनस्थापना नगरे तिहारपछि कडा आन्दोलन गर्ने बताउनुभएको छ। क्रान्तिकारी पत्रकार सङ्घ भेरी कणार्ली राज्य समितिले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज पुनले सरकारसँग तिहारअगाडि वार्ता गरिने र वार्ता नमिले कडा आन्दोलन गर्ने बताउनुभयो। परिवर्तनका लागि लडेको लडाकुलाई युद्ध सिद्धिएपछि सरकारले पुनस्थापना गर्नैपर्ने उहाँको भनाइ थियो।
‘राष्ट्रपतिलाई छुनै मिल्दैन’-बिजुक्छे
२२ असोज, बुटवल । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संकल्प प्रस्तावमा राष्ट्रपतिलाई छुनै नमिल्ने बताउनुभएको छ । एकीकृत नेकपा माओवादीले राष्ट्रपतिको कदम सच्याउनुपर्ने र संसदमा संकल्प प्रस्तावको विषयमा छलफल गर्नुपर्ने माग उठाइरहेका बेला नेता बिजुक्छेले बिहीवार बुटवलमा नेपाल क्रान्तिकारी यूवा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।कार्यक्रममा बोल्दै बिजुक्छेले सेनाको विषय राष्ट्रपति भएरै जाने भएकाले हिजोका विषयमा राष्ट्रपति दोषी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजोको विषयमा राष्ट्रपति दोषी होइनन तत्कालीन प्रधानमन्त्री सिमाभन्दा बाहिर गएका हुन् ।’ उहाँले देशमा देखापरेको समस्याको निकासका लागि संसदको नयाँ चुनावमा सैनिक सासन लागु गर्नुपर्ने बताउनुभयो । संविधान सभा र संसदको अलग अलग चुनाव नगरेको कारण देशमा यो समस्या देखापरेको बताउँदै उहाँले यसका लागि संसदको नयाँ चुनाव गर्नुपर्ने बताउनुभयो । ‘संविधान सभा र संसदको अलग चुनाव गराएको भए यो समस्या आउने थिएन,’ उहाँले भन्नुभयो, ‘अब विकासका लगि संसदको चुनाव घोषणा नयाँ निर्वाचन गर्नुपर्छ ।’ यदि संसदको नयाँ चुनाव हुन नसके सैनिक सासन लागु गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले एकीकृत माओवादीले राष्ट्रपति प्रकरण र नागरिक सर्वोच्चताको विषयमा संसद अवरोध गरेर अर्को संसदिय चुनाव वा सैनिक शासन लागुको संकेत गरेको आरोप लगाउनुभयो । संविधान निर्माणको विषयमा मिति भित्रै संविधान निर्माण भएपनि जनताले चाहेजस्तो राम्रो संविधान बन्न नसकने उहाँले ठोकुवा गर्नुभयो । असोज २१ गतेभित्र राजनीतिक गतिरोध अन्त्य गर्न असफल भएकोप्रति प्रमुख तीन दल एक अर्काप्रति आलोचना गर्नतर्फ लागिरहेको बताउँदै उहाँले दलहरु व्यक्तिगत आलोचनामा नभई देशलाई फाइदा पुग्ने आलोचना गर्नतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।
बाढीपहिरोमा निधन हुनेको संख्या ५३ पुग्यो
काठमाडौ, असोज२२ । चार दिनदेखिको लगातारको बर्षापछि आएको बाढीर पहिरोमा परेरज्यान गुमाउनेहरुको संख्या५३ पुगेको छ । बुधबार साँझसम्ममा सबैभन्दा बढी अक्षाममा २४, डडेलधुरामा १२, बझाङमा ७, कैलालीमा ५, दाङमा २, डोटीमा २, बैतडीमा १ गरी ५३ पुगेको हो भने अझै दर्जनौ वेपत्ता छन् । मृत्युहुनेहरुमा कलैलालीमा बाढीलेबगाउँदा ५ को मृत्यु भएकोहो भने डडेलधुरा, बझाङ र बैतडीमापहिरोले पुरेर निधनभएको हो । पश्चिम नेपालकाप्राय सबै जसो क्षेत्रमा सम्पूर्ण यातायातका सेवा अवरुद्धै छन् भने मनाङर लमजुङसँगको सम्पर्कनै विच्छेद भएकोछ ।यसैबीच डुबानर बाढीको समस्याका कारण पीडित कैलालीका बासिन्दाहरुलाई नेपाल रेडक्रससोसाइटीमार्फत चिउरा, चाउचाउ, चिनी आदिको राहतसामग्री वितरण कार्यसुरु गरिएको छ। जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षएवम् प्रमुख जिल्लाअधिकारी हरीकृष्ण पौडेलकोअध्यक्षतामा आज बसेकोबैठकको निर्णयबमोजिम बाढीर डुबानबाट पीडितपरिवारको उद्धार कार्यकालागि नेपाली सेनाकोनेतृत्वमा टोलीसमेत परिचालनगरिएको छ। नेपालीसेनाको नेतृत्वको तीन छुट्टाछुट्टै टोलीलेबाढी र डुबानबाट प्रभावित नारायणपुर, धनसिंपुर, टीकापुर, थापापुर, लालबोझी, भजनी, खैलाड, हसुलिया, पवेरा, रतनपुर, बसौटी, उद्धार कार्य सुरुगरेको छ। यसैगरीबाढी र डुबानबाट प्रभावित धनगढी र आसपासका क्षेत्रका पीडित बासिन्दाको उद्धारका लागि नेपाल प्रहरीको नेतृत्वमा उद्धार टोलीगठन गरी तत्कालकार्यान्वयन गर्ने निर्णयसमेत दैवीप्रकोप उद्धारसमितिको बैठकले गरेकोछ। उद्धार टोलीहरुमा नेपाली सेनाका अलावानेपाल प्रहरी, सशस्त्रप्रहरी, जनमुक्ति सेना, रेडक्रस कार्यकर्ता र स्थानीय युवाहरुको समेत संलग्नता रहेकोछ। बैठकले राहतव्यवस्थापन एवम् उद्धारआदि कार्यको अनुगमनगर्न प्रमुख जिल्लाअधिकारीको अध्यक्षतामा जिल्लास्तरीय अनुगमन समितिसमेत गठन गरेको छ। बैठकले बाढीर डुबान प्रभावित परिवारलाई राहत सामग्रीउपलब्ध गराइदिन सेभ द चिल्ड्रेन, वर्ल्डभिजन, मर्सिकोर लुथरनविश्व सर्भिस, डिएफआइडीलगायतका संस्थालाई अनुरोध गर्ने निर्णयगरेको छ।
रेडक्रसकैलाली शाखाकाअनुसार बाढी र डुबानबाट प्रभावित हसुलिया गाविस मोहनपुरगाउँका ८१ परिवार, शिवरतनपुर गाउँका ७४ परिवार, पबेरागाविस विसनपुर गाउँका३६ परिवार, रतनपुरगाविसको घुइँयाफाटा गाउँका४६ परिवारलाई सुरक्षित स्थानमा राखिएको छ। जिल्लाको सबैभन्दा होचोक्षेत्रमा रहेको लालबोझीगाविस बाढी र डुबानबाट सबैभन्दा बढी प्रभावित भए पनि त्यहाँपुगेको क्षतिको विषयमाएकिन जानकारी प्राप्तहुन सकेको छैन।बाढी र डुबानकाकारण जिल्लामा झन्डैदस हजार घरपरिवार प्रभावित र पीडितभएको प्रारम्भिक अनुमानगरिएको छ भने जिल्लाको ठूलोक्षेत्रफलमा गरिएको धानबालीनष्ट भएको छ। अन्नबाली, धान भित्र्याउने समयमा भएको बाढीर डुबानको समस्याका कारण जिल्लामा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा२५ प्रतिशतले ह्रासआउने कषकहरुको अनुमानछ। बाढी र डुबानबाट पुगेकोक्षतिको थप एकीनविवरण आउन अझै बाँकी रहेकोछ।
हिंसाले कुनै पनि समस्या समाधान नगर्ने
अशोज १६ गते काठमाडौं । प्रमुख दलकाशीर्ष नेताहरुले आज एउटैमाचबाट शान्तिर अहिंसाको लागिअपील गरेका छन्। अन्तर्राष्ट्रिय अहिंसादिवसको अवसरमाराजधानीको विशालनगर स्थित तक्षशीला एकेडेमीमा भएकोकार्यक्रममा शीर्षनेथाहरुले राजनीतिक गतिरोध छिट्टैअन्त्य हुनेदाबी समेत गरेकाछन् । कार्यक्रममा सहभागी नेपालीकांग्रेसका सभापतिगिरिजाप्रसाद कोइरालाले हिंसाले कुनैपनि समस्या समाधाननगर्ने भन्दै१० वर्ष लामोजनयुद्ध गरेकोमाओवादी पनिअन्तत हिंसा छाडेरशान्तिवार्तामा आउनबाध्य भएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले माओवादी शान्तिप्रकि्रया प्रति प्रतिबद्ध रहेको दोहर्याउनुभयो । अहिंसादिवसका अवसरमाविद्यालयलाई शान्तिक्षेत्र घोषणगर्नु पर्ने भन्दैप्रचण्डले यस विषयमाअन्य दलहरुसँग छलफलगरिने बताउनुभयो । नेपालको शान्ति प्रकि्रयामा लगातार अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेने विश्वास प्रचण्डले व्यक्तगर्नुभयो । विगतमाकेही राजनीतिक दलकोअप्रजातन्त्रीक कार्यशैलीका कारण नेपालको शान्तिप्रकि्रया धरापमापरेको प्रचण्डको ठम्याइथियो । सत्ताकब्जा गर्ने माओवादीको कु्नै योजनानरहेको स्पष्टपार्दै प्रचण्डले जनताको अभिमतस्विकार नगरीअघि बढेमा लोकतन्त्रको उपहास हुनेबताउनुभयो । नेकपाएमालेका अध्यक्ष झलनाथ खनाललेप्रजातन्त्रको उदयसंगै हिंसा र हत्याको अन्त्य भएकोबताउनु भयो। अध्यक्ष खनाललेदलहरुबीचको समझदारी बिना मुलुकमा विद्यमान कुनैपनि समस्या समाधाननहुने बताउनुभयो । कार्यक्रममा नेपालका लागि भारतीयराजदूत राकेशसुदले राजनीतिक गतिरोधअन्त्य गर्नदलहरुले देखाएको अग्रसरताको प्रशंशा गर्नुभयो ।
हिन्दूहरुको महान चाड दसैँ सुरु, घर-घरमा जमरा राखियो
३ असोज, काठमाडौं । हिन्दूको महान् चाड बडादसै शनिबारदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म पन्ध्रदिन परम्परानुसार दुर्गा भवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ बडादसै मनाइन्छ । बडादसैको पहिलो दिन शनिबार बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना राखिएको छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रीका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ । बडादसैको सातौ दिन मुलुकभर धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन घटस्थापनाका दिन जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ । चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ । परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि पूजा आरम्भ गरिन्छ । विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्य सपरिवार बसेर दसैँ मनाउन घर र्फकने क्रम सुरु भइसकेको छ । घर जान र घर र्फकनाका लागि राजधानीमा मानिस आउने र यहाँबाट बाहिर जाने क्रम बढिरहेको छ । बडादसैँका अवसरमा शनिबारदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूणिर्मासम्ममका लागि बिदा गरिएका छन् ।
नयाँ संविधान नबनेसम्म सरकारलाई कांग्रेसको समर्थन
३ असोज, काठमाडौं । सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेसले एमाले नेतृत्वको सरकारलाई नयाँ संविधान नबनेसम्म सघाउने भएको छ । शनिबार प्रधानमन्त्री माधवकुमार नेपाललाई बालुवाटारमा भेटेर कांग्रेस कार्यवाहक सभापति सुशिल कोइराला नेतृत्वको टोलीले नयाँ संविधानपछि हुने आम निर्वाचनसम्म एमाले नेतृत्वको सरकारलाई समर्थन हुने जनाएको छ । संबिधान निर्माण तथा शान्ति प्रकृयालाई निष्कर्षमा नपुर्याएसम्म बर्तमान सरकारलाई पूर्ण सहयोग जारी रहने भन्दै केन्द्रीय समितिले गरेको निर्णयबारे कांग्रेस नेताहरुले प्रधानमन्त्रीलाई अवगत गराएको प्रधानमन्त्रीका प्रेश सल्लाहकार रघुजी पन्तले जानकारी दिनुभयो । छलफलमा माओवादीले जारी राखेको आन्दोलनका बारेमा पनि नेताहरुबीच छलफल भएको थियो । भेटमा कांग्रेस नेताहरुले आन्दोलन छाडेर सहमतिमा नआएसम्म माओवादीविरुद्ध साझा रुपमा लड्नुपर्ने भनाई राखेका थिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, माओवादी आन्दोलन तथा महँगीका बिषयमा कुराकानी भएको नेताहरुले बताएका छन् । आफूहरुका मागका सम्बन्धमा उचित सुनुवाई नभए तिहारपछि जनविद्रोह गर्ने माओवादी चेतावनी लगतै सत्तारुढ दुई दलवीच आज छलफल भएको हो । बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लहाकार पन्तले विरोधका नाममा कालो झण्डा देखाउन सवैलाई स्वतन्त्रता भएपनि प्रधानान्त्री र मन्त्रीहरुमाथिभइरहेको ढुङ्गा प्रहारका घटनाहरु निन्दनीय भएको बताउनुभयो । दुई दलको बैठकले माओवादी अध्यक्ष प्रचण्डले माग सम्बोधन नभए जनविद्रोहमा उत्रन कार्यकर्तालाई दिनु भएको निर्देशनप्रति समेत आपत्ति जनाएको छ । यस्ता अभिव्यक्तिहरु संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन नदिने किसिमले आएको ठहर बैठकले गरेको छ । कांग्रेस महामन्त्री बिमलेन्द्र निधिले माओवादीले गाँउ गाँउमा फैलाइरहेको आंतक रोक्न सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले कर्णाली भोकमरीमा जनता मारमा परेको भन्दै तत्काल खाध्यान्न पुर्याएर जनतालाई राहत दिन सरकारसँग कांग्रेसले माग गरेको बताउनुभयो ।
आज सफ्टवेर स्वतन्त्र दिवस मनाइयो
आज सेप्टेम्बर उन्नाईस तारिख अर्थात अन्तर्राष्ट्रिय सफ्टवेयर स्वतन्त्रता दिवस। 'उद्यमका लागि स्वतन्त्र तथा खुला श्रोत सफ्टवेयर' भन्ने नाराका साथ नेपालमा पनि फोस नेपाल समुदायले एक कार्यक्रमको आयोजना गरी यो दिवस मनाएको छ। कार्यक्रममा सुचना तथा संचारमन्त्री शंकर पोखरेलले नेपाली समाजलाई सुचना प्रविधिसँग गाँसी यसको प्रयोगलाई सहज बनाउनुपर्ने कुरामा जोड दिनुभयो। सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भास्करराज राजकर्णिकारले सुचना र सञ्चारलाई सरकारी स्तरबाट प्राथमिकता नदिएकाले नेपाल सुचना प्रविधिको क्षेत्रमा पछि परेको धारणा व्यक्तगर्नुभयो। कार्यक्रममा फोस नेपाल समुदायले विभिन्न प्रकारका सफ्टवेयरहरुको प्रदर्शनी गर्नुका साथै सफ्टवेयर संकलनका सिडीहरु वितरण गरेको थियो। सफ्टवेयर स्वतन्त्रता दिवस बिश्वका एकसय बीस भन्दा बढी देशका पाँचसय भन्दा बढी फोस समुदायले मनाएका छन्।
आयो खसी तर भनेजती होइन
नेपाल खाद्य संस्थानले दशैंका लागि उपत्यकामा खसी बोका भित्र्याउने क्रम शुरु गरेको छ। तर, उपत्यकामा चालीस हजार खसी बोका आवश्यक पर्ने भनिएपनि संस्थानले हाल सम्म करिव एक हजार खसी बोका मात्रै भित्र्याएको छ।
रहेनन् पूर्वन्यायाधीश अर्याल
३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्यालको बुधबार निधन भएको छ । मुटु र मिर्गौला रोगबाट पीडित भएपछि ७२ बर्षिय अर्याललाई एक हप्ताअगाडि उपचारार्थ महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अर्यालको राष्ट्रिय सम्मानका साथ बुधबार नै अन्त्येष्ठि गरियो । त्यसयसअघि प्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू, विभिन्न राजनीतिक दलका नेता र कानुन व्यवसायीहरूले स्वर्गीय अर्यार्र्लको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो । शिक्षण पेसासँगै २०२१ मा अधिवक्ताका रूपमा कानुन व्यवसाय सुरु गर्नुभएका उहाँले २०३१ सालमा वरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएको थियो । अर्यालले २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा प्रचारप्रसारमा नेतृत्व गर्नुभएको थियो ।
वि.सं.२०४२-०४३ मा नेपाल बार एसोसिएसनको अध्यक्ष हुनुभएका उहाँले २०४६ सालमा संविधान सुधार आयोगको सदस्य, २०५० सालमा सर्वोच्च अदालतको न्यायाधीश भई सेवा गर्नुका साथै वर्तमान अन्तरिम संविधान मस्यौदा समितिको संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गीय अर्यालका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । स्वर्गीय अर्यालको निधनमा शोक मनाउन नेपाल बार एसोसिएसनको अनुरोधमा बुधबार सर्वोच्च अदालतलगायत उपत्यकाका सबै अदालतका इजलासस्थगित गरिए ।
बाबुरामको स्मंरण
खेमराज गाउँले/भदौ ३१ (रोल्पा)
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा। बाबुराम भट्टराइले वर्तमान सरकारले विदेशिलाई गुहारेर आफूहरुलाई पाखा लगाउन खोजको आरोप लगाउनु भएको छ । एकीकृत नेकपा माओबादीले आइतबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजना गरेको जन सभालाई सम्बोधन गदै भट्टराइले विदेशिको इसारामा चलेर देश बचाउन नसकिने बताउनुभयो । विदेशबाट हतियार ल्याएर कसैले शान्ति प्रकि्रया भाड्न खोजेमा त्यसको विरुद्धमा उत्रन डा। भट्टराइले नेपाली जनतालाई आग्रह गर्नुभयो । चिल्ला गाडी र मोजमस्तीमा आफूहरु नभुलेको बताउदै भट्टराइले अहिले जाली फटाहाहरु सहर पसेको र तिनीहरुलाई ठीक पार्न सहरमै आफूहरु तल्लिन रहेकोको बताउनुभयो ।
आजभन्दा १४ वर्षपहिले रोल्पाको सदरमुकाम लिबाङको टुडिखेलबाट ४० सुत्रिय माग सार्वजनिक गर्दै जंगल पसेको स्मरण गदै भट्टराइले अहिलेभने ४५ बुदे माग पत्र अनुमोदन गर्न रोल्पाली जनता माझ आएकेा बताउनुभयो । एकीकृत नेकपा माओवादीले उठाएका मागहरु सरकारले पूरा नगरे तेस्रो जन आन्दोलन सुरु गर्ने बताउदै भट्टराइले उक्त तेस्रो जन आन्दोलन राष्ट सेव कर्मचारी नेपाली सेना समेत सहभागी हुने बताउनुभयो ।
रोल्पामा बस दुर्घटना २२ घाइटे ७ को अवस्था गम्भिर
खेमराज गाउँले/भदौ ३१ (रोल्पा)
दाङको भालुबाङदेखि रोल्पाको लिबाङ आउदै गरेको जलजला यातायातको ना ३ ख १९०४ नम्बरको दिवा बस लिबाङको भदौरमा मंगलबार दुर्घटना हुँदा २२ जना यात्रुहरु घाइते भएका छन । घाइतेहरु मध्ये ७ को अवस्था गम्भीर रहेको छ । वसमा २६ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्याल रोल्पाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा काले विक बडाचौर तुल्सी विक लम्ही मिना रोका हार्जङ भोटे परियार हार्जङ नितु मल्ल तेबाङ-१ओबे महरा तेबाङलक्ष्मी विक नुवागाउँ जुना महरा मिझिङ मनिका विष्ट मिझिङ जनक विष्ट दाखाकवाडी प्यूठान बहादुर रॊकामगर हार्जङ कवि कुँवर करेटी ज्ञानु आचार्य लिबाङ कलि रोका बडाचौर तिर्थराम कुँवर करेटी सुनमती विक बडाचौर तारा विष्ट बडाचौरलक्ष्मी विक नुवागाउँ र रहेका छन् । घाइते मध्ये लक्ष्मी पुनमगर र जुक्ता पुनमगरको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा परी बस चालक पदम जिसी गम्भीर घाइते भएका छन् । सदरमुकाम लिबाङबाट करिब २ किलोमिटर टाढा बस दुर्घटनामा परेको थियो ।
घाइतेहरुको शुरुमा सातदोबाटो स्थित नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको हाल सदरमुकाम लिबाङ स्थित जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालका अनुसार वस चालक जिसीको अवस्था गम्भीर रहेको छ । चालकको लापरबाहीका कारण वस दुर्घटना भएको हो । बस सजिलो ठाउँमा दुर्घटना थियो । दुर्घटनाग्रस्त बस रुखमा अदिदै पल्टिदै गरेपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।
छिट्टै राष्ट्रीय सरकार गठन हुन्छ : बिप्लब
खेमराज गाउँले/भदौ ३० (रोल्पा)
संयुक्त राष्ट्रिय जनआन्दोलन समिति नेपालका महासमिति महसचिव तथा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य नेत्र विक्रम चन्द विप्लवले वर्तमान सरकारलाई विघटन गरी अब छिट्टै राष्ट्रिय सरकार गठन गरिने दावी गर्नुभएको छ । क्रान्तिकारी पत्रकार संघ नेपाल रोल्पाले आज विहान रोल्पाको लिबाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
दसैतिहारको बेला राजनितिक काम कमै हुने भएकोले उहाँको दावि थियो दशैको तिहारको विचमा छलफल गछौ र त्यसपछि निकास आउछ । दशै तिहारको विचमा पर्व भएको त्यतिबेला छलफल गर्ने र तिहार पछि संयुक्त सरकार गठन हुने बताउदै विप्लपले भन्नुभयो ुत्यो सरकारको नेतृत्व एकीकृत नेकपा माओबादीले गर्छ । गाउगाउँमा जनसरकार गठन हुदैछ नी भन्ने संचारकर्मीका जिज्ञासामा विप्लपले जनआन्दोलनलाई गाउँगाउसम्म पुर् याउन जनसरकार गठन गर्न लागिएको बताउनुभयो यदि सहभागी हुन्छन भने अन्य दललाई समेत सहभागि बनाएर जनसरकार गठन हुन्छ । सो भेटघाट कार्यक्रममा उहाले आवश्यक परे क्यान्टोनमेन्टमा रहेका जनसेनालाई प्रयोग गरिने बताउदै भन्नुभयो राष्ट नै खतरा हुने अवस्था आएका क्यान्टोनमेन्टका सेनालाई बाहिर ल्याउछौ । उहाले एकीकृत नेकपा माओबादीको अहिलेको आन्दोलन जनआन्दोलन तीन भएको पनि दावी गर्नुभयो ।
राष्ट्रिय झण्डा परिवर्तन गर्न माओवादी प्रस्ताव
३१ भदौ, काठमाडौं । संविधानसभाको सवैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा परिवर्तन गर्न प्रस्ताव गरेको छ । माओवादी प्रस्तावको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले भने अस्विकार गरेको छ ।
बुधबार बसेको संवैधानिक समिति अन्तरगतको उपसमिति बैठकमा माओवादीले झण्डा परिवर्तन गरेको प्रस्ताव गरेको हो । माओवादीले भने मुलुकले ऐतिहासिक परिवर्तन गर्न लागेको अवस्थामा पुरानै झण्डाले काम चलाउन नहुने दावी गरेको छ । माओवादीले संघीय संरचनामा जति राज्य हुन्छन् त्यति नै संख्या अनुसारको तारा अंकित नयाँ झण्डाको ब्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको बैठकमा माओवादीसहित राष्ट्रिय जनमोर्चा र दलित जनजाति पार्टीले राज्यपुर्नसंरचना गर्दा झण्डा परिवर्तन गर्नुपर्ने अडान लिए । तर, माओवादीसहितका ती साना दलले नयाँ झण्डाको प्रस्ताव गर्न सकेका छैनन् । कांग्रेस, एमाले र नेमकिपाका सभाषदहरुले भने नेपालको हालतको झण्डा विशिष्ट गरेको भन्दै अन्तर्राष्ट्रिय पहिचान बनाएको झण्डा परिवर्तन गर्नु औचित्यहीन हुने बताए ।
अनियमितता भएको अख्तियारको ठहर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको 'पार्का ज्याकेट' खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै त्यसलाई रद्द गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। ज्याकेट खरीदको प्रक्रियामा सरकारलाई आर्थिक नोक्सानी नभएपनि अख्तियारले त्यसमा कानुनी र नीतिगत अनियमिता भएको ठहर निकालेको हो। प्रहरीका लागि ५६ हजार ५९ थान थान नीलो पार्का ज्याकेट खरीद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले छानविन गरेको थियो। ज्याकेट खरीदमा सार्वजनिक खरीद ऐन र खरीद नियमावलीको प्रावधान उल्लंघन भएकाले कानुन वमोजिम फेरि बोलपत्र आव्ह्ान गरि खरीद प्रक्रिया थाल्न अख्तियारले निर्देशन दिएको छ। प्रहरीले ज्याकेट खरीदका लागि टेकुस्थित आनन्द टे्रड कन्सर्नको बोलपत्र स्विकृत गर्दै राष्ट्र बैंक मार्फत् १० करोड ४० लाख रुपैयाँको चेक काटेको थियो। सो रकम फ्रिज भइसकेको छ। बोलपत्र प्रक्रियामा सार्वजनिक खरीद ऐन वमोजिम ज्याकेट खरीदको लागत अनुमान उच्च रहेको, आवश्यक पर्याप्त प्रक्रिया नपुगेको भन्दै अख्तियारले त्यसलाई रद्द गरेको हो। साथै, अख्तियारले अनियमितताबारे प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी सहित ९ जना प्रहरी अधिकृतहरुसँग स्पष्टिकर मागेको छ। नयाँ बोलपत्र आव्ह्ानसँगै खरीद प्रक्रिया पुरा हुन थप केही महिना लाग्छ। जसका कारण प्रहरीलाई आउँदो जाडो ज्याकेट विना नै विताउनुपर्ने छ।
दाहाल हङ्कङ प्रस्थान
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि आइतबार राति हङकङ प्रस्थान गर्नुभएको छ। उहाँका साथ श्रीमती सीता दाहाल र विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि हङकङ जानुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुलाई उहाँले कुनै प्रतिक्रिया दिनुभएन। हङकङमा अध्यक्ष दाहालले त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने र पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। अध्यक्ष दाहाल असोज एक गते स्वदेश फर्कने कार्यक्रम छ।
देशभरका निजी उच्चमाविमा पठनपाठन ठप्प
२९ भदौ, काठमाडौं । उच्चमाविको निजीकरण अन्त्य गर्नुपर्नेलगायत माग राख्दै अखिल क्रान्तिकारीले आज दोस्रो दिन पनि देशभरका निजी उच्चमावि बन्द गराएको छ । बन्द आह्वानले देशभरका निजी उच्चमाविहरुमा पठन पाठन ठप्प भएको छ ।
घोषित कार्यक्रमअनुसार अखिल क्रान्तिकारीले आइतबारदेखि ३१ गतेसम्म नीजि उच्चमावि बन्द आह्वान गरेको हो । माग पूरा गर्न सरकार गम्भीर नभएकोले बन्द आह्वान गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अनिल शर्माले
भ्वाइस अफ रोल्पा
